अति नै मर्मस्पर्शी, वास्तबिक घट्नामा आधारित गीतको भिडियो ‘मेरो जिन्दगी…’ सार्वजनिक भएको छ । बैतडिका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो दान गरेका थिए । तिनै महान बुवाको वास्तविक घट्नामा आधारित गीत ‘मेरो जिन्दगी…’ सार्वजनिक भएको हो ।

अहिले सिवाशंको स्वास्थ्यमा सुधार भइरहेको छ, कलाकारहरूले गीतबाट आउने रोयल्टी शिवाशंको लागि सहयोग गर्ने निर्णय गरेका छन् । कमला सुवेदी सापकाटाको शब्द, महाराज थापाको सङ्गीत संयोजन, निशान भट्टराईको स्वर, युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाले र रेखा घिमिरेको जिवन्त अभिनय रहेको छ ।

बाल कलाकारमा रिदम तामाङ रहनुभएको छ भने भिडियो राज पाखरेलले खिच्नुभएको हो । भिडियो हेरेर शेयर गरी अबोध बालकको सहयोग गरिदिन बुवा महेश अवस्थीले सबैमा अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया