काठमाडौं : नेपाल चलचित्र कलाकार संघले चलचित्र अभिनेता तथा सामाजिक अभियन्ता राज घिमिरेलाई विशेष कदर सम्मान द्वारा सम्मानित गर्ने घोषणा गरेको छ । संघका केन्द्रिय अध्यक्ष रविन्द्र खड्काले एक प्रेस बिज्ञप्ति जारि गर्दै चलचित्रकर्मी भएर पनि सामाजिक सेवामा अहोरात्र खट्ने संघका सदस्य अभिनेता घिमिरेलाई सम्मान गर्न लागिएको बताएका छन् ।

नेपाल चलचित्र कलाकार संघका सदस्य नायक राज घिमिरेको यो विषम परिस्थितिको अवस्थामा पनि गरिएको कामको नेपाल चलचित्र कलाकार संघले उच्च मुल्यांकन गरेको छ, विज्ञप्तिमा भनिएको छ – ‘चलचित्र कलाकार संघको स्थापना नै चलचित्रकर्मीको हक, हित अनि देश र जनताका संकटमा साथ र सहयोगका लागि भएको हो ।’

विज्ञप्तिमा २०४५ साल भदौ ५ गते बिहान करिव ५ बजे नै देशमा महाभुकम्प आए पछि सम्पूर्ण चलचित्रकर्मी सडकमा उत्रेर बिपदमा परेर दु:ख, पीडामा पर्नु भएका सबैलाई साथ र सहयोग गरेको तथा त्यसै वर्षदेखि कलाकार संघ स्थापना भएको इतिहास छ ।

‘त्यसैकारण चपलि हाइट, भिजलान्ते आदि चलचित्रका अभिनेता, चलचित्रकर्मी तथा समाजसेवी राज घिमिरेलाई चलचित्र कलाकार संघले ‘विशेष कदर सम्मान’ गर्ने घोषणा गर्दछौं, विज्ञप्तिमा भनिएको छ । उक्त सम्मान कलाकार संघको आगामी केन्द्रिय साधारणसभामा वितरण गरिनेछ ।

संघले यो विषम परिस्थितिमा देश/ बिदेशमा रहेर नेपाल र नेपालीको कुनै पनि दु:ख, पीडामा साथ र सहयोगि मन बढाउन सबै सम्पूर्ण चलचित्रकर्मी, दाताहरु, संघ, संस्थालाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया