काठमाडौँ भाद्र २६ । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा दशैं संग सम्बन्धित गीतहरु बजारमा आउन थालिसकेका छन् यसै समयलाई लक्षित गर्दै सुपारी म्युजिक प्रालिले पनि एक गीतलाई भर्खरै बजारमा ल्याएको छ । लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको उक्त गीत ‘अभागी परदेशी’ बोलको रहेको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेल कै लय रहेको छ ।

अशंख्य परदेशीहरुको यथार्थ जिबन भोगाई समाबेस गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल विकास लामिछाने र रुपा कँडेल देखिएका छन् । भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकाश दाहालको सम्पादन रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया