चार लाख रुपैयाँ राशी भएको मदन पुरस्कार यस वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ। यसवर्षको मदन पुरस्कारका लागि मनोनयन परेका पुस्तकहरुमध्ये शिखा बुक्सबाट प्रकाशित बानियाँको एतिहासिक विषयबस्तुमा आधारित उपन्यास महारानीले पाउन सफल भएको हो ।

मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा(श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारका लागि गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिएको थियो।

मनोनयनमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु ९१–३०, ललित विष्टको ‘मोहपथ’ पनि परेका थिए।

त्यस्तै यो बर्षको जगदम्बा–श्री पुरस्कार भारतको दार्जीलिङ निवासी गायिका तथा संगीतकार शान्ति ठटाललाई प्रदान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया