कलाकार ज्योति काफ्लेको लेखन तथा निर्देशनमा नयाँ टेलिशृंखला गंजागोल तयार भई प्रसारणमा आएको छ।
गंजागोल सोमबार साँझ नेपाल टेलिभिजनमार्फत नियमित प्रसारणमा आएको हो। ज्योतिले आफ्नै फिल्म प्रोडक्सन फोके नेपाल मिडिया प्रालिबाट नयाँ शृंखला ल्याएका हुन्। नेपाल टेलिभिजनमा प्रसारण भएलगत्तै उक्त शृंखलालाई डिजिटल माध्यममा ओएसआर डिजिटलले युट्युबमा सार्वजनिक गरेको छ।

बाबुराम भट्टराई र केपी ओलीको स्वरूपमा कला देखाउँदै आएका ज्योति गंजागोलमा पनि विभिन्न नेता तथा अन्यको भूमिकामा देखिनेछन्। टेलिशृंखलाका निर्मातामा प्रकाशकुमार सुवर्णकार हुन् भने दिलीप विष्ट र रामकृष्ण कँडेलले यसको छायांकन गरेका छन्।

सिरियलमा शिवहरि नेपाल, रोशनी सापकोटा, विद्या कार्की, सुमन ज्योति न्यौपाने, प्रकाश स्वर्णकार (बबुवा थारु), बन्दना कार्की, सुशन राई (भाले), पुजन घिमिरे, सिर्जना जिसी, पूजा पन्त, रियाज काप्mले, विपना बस्नेत, (नक्कली हिसिला), राजन भुजेल (हल्दार), सुशान्त पाठकलगायत कलाकारले अभिनय गरेका छन्।

ज्योतिले शृंखलामार्फत समाजका बेथितिलाई व्यंग्य गर्ने बताए। ‘हास्यव्यंग्यको शैलीबाट समाजका विभिन्न विषयलाई उठान गर्नेछांै। पछिल्लो समसामयिक विषयवस्तुले पनि शृंखलामा स्थान पाउनेछ।’ –उनको भनाइ छ।

तपाईको प्रतिक्रिया