काठमाण्डौँ
पर्वतको भंगेरीमा जन्मिएर सानै उमेर मा आफनो पहिचान बनाउदै गरेकी ५ बर्षिया बाल गायिका सुदिक्षा सुनार , गायक बलबहादुर परियार र नानी सुनारको आवाजमा रहेको मौलिक दशैँ गीत ”यसपाली दशैँ ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गरिवीको कारणले दशैँ मनाउन नपाएको गरिव परिवारको पिर र ब्यथालाई गीतमा समेटिएको छ । मौलिक रुपमा तयार पारिएको गीतमा बालबालिका विचमा दशै प्रतिको दृष्टिकोणलाई समेटिएको छ । बल बहादुर परियारको शब्द तथा लय सिर्जना गीतमा छ । भुपेन्द्र बानियाँको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतकोे भिडियोमा सुनिल बानियाँ , सारदा क्षेत्री र प्रियङका विश्वकर्माको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया