लोकप्रिय सर्जक केशव सापकोटा र कृष्ण खरेलको संयुक्त प्रस्तुतिमा नयाँ गीत रिलिज भएको छ। शनिबार रिलिज भएको “रामकसम” बोलको गीतमा रोशन कुताल क्षेत्री र जुना श्रीस मगरको सुमधुर आवाज रहेको छ।

गीतमा सर्जक केशव पौडेलका उत्कृष्ट शब्दहरु रहेका छन् । चोखो माया गर्ने प्रेमिल जोडिको कथालाई सर्जक पौडेलले गीत मार्फत उतारेका छन् । गीतमा रोशन कुतालकै दमदार संगीत रहेको छ। डान्सिङ बिटमा आधारित गीतको अडियो एकदम उत्कृष्ट छ।

गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक बनेको छ । भिडियोमा जेसिका कार्की र राम थापको धमाकेदार डान्स देख्न सकिन्छ। भिडियोलाई चित्र मास्की मगरले निर्देशन गरेका छन् । त्यस्तै, सम्भु चालिसेले आकर्षक फ्रेममा खिचेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

उहीँ खोलीमा पानी, गुन्द्रुक मीठो सागको लगायत दर्जनौं लोकप्रिय गीत बजारमा ल्याइसकेका सर्जक पौडेल यो गीतबाट पनि निकै आशावादी देखिन्छन् । गीतको भिडियो केशव पौडेलकै अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो।

हेर्नुस् भिडियो..

तपाईको प्रतिक्रिया