असोज १७ काठमान्डौ – दशैं पिंडामा मात्र होइन खुसि साथ् पनि मनाउनु पर्छ भन्ने एक उर्जासिल गीत भर्खरै बजारमा आएको छ । रामकृष्ण थापाको नाममा बजारमा आएको उक्त गीत “दशैँ पछी तिहार आउने” बोलको रहेको छ । बिशेष गरेर संगीत कै बिषयमा अध्यन गर्दै आफ्ना जीवनी यात्रा अगाडी बढाई रहेका उनि भबिस्यमा संगीत क्षेत्रमा उठबस गर्नका लागि संघर्सरत रहेका छन् । गायक तथा संगीतका रामकृष्ण ले यस अघि थुप्रै गीतहरुमा संगीत संयोजन गरिसकेका छन् । प्रस्तुत गीतमा पनि उनकै संगीत संयोजन रहेको छ ।

फास्ट क्रिएसन प्रालिले सार्बजनिक गरेको माथि उल्लेखित गीतमा स्वर रामकृष्ण थापा र सबनम आचार्य फुँयालको रहेको छ भने लय तथा शब्द सिर्जना बिगत निकै लामो समय यता यसै सांगीतिक क्षेत्रमा क्रियासिल रहेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल उद्धब घिमिरेको रहेको छ ।

रोमान्चक स्वादबाट तयार भएको यस दशैं गीतको म्युजिक भिडियोमा प्रदिप रोका र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ । “दशैँ पछी तिहार आउने” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी अमोन रानाले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया