काठमाण्डौं ।
सुपरिचित गायिका विमा कुमारी दुरा , टिका पुन र गायक दिपक सुनार आई डि साथमा झलक संगीतमको आवाजमा रहेको विरही भाकामा आधारित गीत मरे माटै मुनी गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा बाध्यता पुर्ण रुपमा गएको अवस्थामा विना कारण जेल जानु पर्ने अवस्थामा परिवारमा परेको चोटमा गीत समेटिएको छ । मन भित्रको पिडालाई गीतमा समेटिएको छ । डिवी कार्कीको शब्द तथा झलक संगीतमको लय सिर्जना गीतमा रहेको छ ।

करण चैसिरको छायाँकन , विष्णु शर्माको सम्पादन तथा झलक संगीतमको निर्देशन भिडियोमा रहेको छ । गीतमा विमा कुमारी दुरा , झलक संगीतम , धर्म गन्धर्व , डिवी कार्की अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया