काठमाण्डौं ।
नेपाली गीत संगीतमा पछिल्लो समयमा निकै क्रियाशिल भिडियो निर्देशक जस बहादुर याक्खा जसुको निर्देशनमा रहेको आधुनिक गीत ”फुल्को कुरा ” गीत यस बर्षको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ को सर्वोत्कृष्ट भिडियो निर्देशन आधुनिक मा पर्न सफल भएको छ ।

संगीत प्रतिको मोह र आफनो माटो प्रतिको ऋणा तिर्नको लागी पनी आफुले मौलिक लोक सस्कृतिको जर्गेना गर्ने किसिमको भिडियो तयार गर्नको लागी आफु निरन्तर क्रियाशिल भएको उनी बताउछन । गायक मचिन्द्र राईद्धारा गाइएको गीतबाट उनी सर्वोकृष्ट भिडियो निर्देशक आधुनिकमा पर्न सफल भएका थिए । आफुलाई अवार्ड ले अझ नेपाली गीत संगीतमा काम गर्नको लागी थप हौषला प्रद्धान गरेको उनले बताए ।

आफुलाई अवार्ड दिलाउनको लागी प्रेरणा दिने भगवान रुपी आम दर्शक तथा स्रोतालाई हृदय देखी नै आभार समेत ब्यक्त गरे । कोरोना कहरका विच आयोजक सस्थाले गीत संगीतका कलाकारहरुलाई जमघट गराएर नेपाली मौलिक सिर्जनामा पुयाएको योगदान समेत अतुलनिय रहेको उनले बताए । अवार्डले आफुलाई नेपाली मौलिक भिडियो निमार्ण गर्नको लागी थप जिम्वेवारी गराएको उनले बताए । आगामी दिनमा पनी अझै मौलिक सिर्जनालाई भिडियो मार्फत बजारमा ल्याउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया