काठमाण्डौं ।
नेपाली गीत संगीतमा लामो समय देखी क्रियाशिल गायक केशव राई यस वर्षको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ सर्वोत्कृष्ट पूर्वेली लोक गायक मा पर्न सफल भएका छन । नेपाली लोक गीत संगीतको माध्यमबाट गीत संगीतमा अहोरात्र खटेका राईको ताप्लेजुङको पाथिभरा गीत अवार्ड समारोहमा अवार्ड हात पार्न सफल भएका हुन ।

संगीत प्रतिको मोह र आफनो माटो प्रतिको मायालाई दशाउदै आफनो स्वरको माध्यमबाट आम दर्शक तथा स्रोता माझँमा आफनो स्वरको जादुबाट मनमा बस्न सफल हुनु उनको उनको विशिष्ट कला रहेको छ । अवार्डको विजेता भएपछी आफुलाई अवार्ड ले अझ नेपाली गीत संगीतमा काम गर्नको लागी थप हौषला प्रद्धान गरेको उनले बताए ।

आफुलाई अवार्ड दिलाउनको लागी प्रेरणा दिने भगवान रुपी आम दर्शक तथा स्रोतालाई हृदय देखी नै आभार समेत ब्यक्त गरे । कोरोना कहरका विच आयोजक सस्थाले गीत संगीतका कलाकारहरुलाई जमघट गराएर नेपाली मौलिक सिर्जनामा पुयाएको योगदान समेत अतुलनिय रहेको उनले बताए ।

अवार्डले आफुलाई नेपाली मौलिक गीत गायनका लागी थप जिम्वेवारी गराएको उनले बताए । आगामी दिनमा पनी अझै मौलिक सिर्जनालाई भिडियो मार्फत बजारमा ल्याउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया