काठमान्डौ असोज ०३ – नेपालि गीत संगीतको क्षेत्रमा समर्पित कलाकारहरुले जसरी पनि आफ्ना श्रोता तथा दर्शकहरुलाई पृथक स्वाद दिने प्रयास गरिरहेका हुन्छन् ।सोहि क्रम्ममा स्थायी घर नेपाल धादिङ्ग नेपाल र हाल कुबेत रहेका रक बि.सी ले पनि एक निकै मन लोभ्याउने गीत भर्खरै बजारमा ल्याएका छन् । उनको उक्त गीत “बाटो मोडेर” बोलको रहेको छ । रकले यस अघि पनि केहि गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

लोक दोहोरी, तर केहि आधुनिक सैलिमा तयार पारिएको गीतमा भागिरथ चलाउने र मेलिना मैनालीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय भागिरथ चलाउनेले तयार पारेका हुन् भने शब्द रक बि.सी र आशिस क्षेत्रीले तयार पारेका छन् । निकै कर्णप्रिय स्वादमा तयार भएको उक्त गीतलाई भागिरथ चलाउने नाम कै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । गीतलाई संगीत संयोजन कृष्ण बि.सी भान्जा ले गरेका हुन् भने भिडियो छायांकन नरेश चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।

गीत तयार पार्न र सफल बनाउन हरिस अभिनाब, राजेन्द्र अधिकारी आयुष के.सी रबिन रोका, दिपु लामा र रोमियो राजनको नाम भुल्न नहुने भन्दै कलाकार रक बि.सी को अनुसार अब केहि दिनमा नै अर्को सांगीतिक कोसेली बजारमा ल्याउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया