काठमाडौं । यतिबेला लोक फ्लेबरका गीतहरुले बजार तताएजस्तै अघिल्लो डेढ दशक यस्तो थियो कि पप गीतप्रति अनौठो आकर्षण ठियो । गायक पनि ‘सेलिब्रेटी’ हुन् भन्ने प्रमाणित पनि पप गायकले गरेका थिए । असंख्य डाइहार्ट फ्यान कमाएका थिए । जसको उदाहरण हुन् नबिन के. भट्टराई र सुगम पोखरेल ।

लामो समय सांगीतिक क्षेत्रमा समय बिताएका यि दुई गायकको पहिलो पटक सहकार्य भएको भएको छ । गायक सुगम पोखरेलको गीत ‘जसले जे भनेपनि’ मा दुईलाई सुन्न सकिन्छ । यो गीत सुगमको सातौं एल्बम श्वेत हंसिनी एल्बमको एक गीत हो । यसअघिका गीतहरुमा अन्य कलाकारको साथमा मात्र सुनिने गरेका थिए । दुईले मात्र गाएको यो नै पहिलो गीत हो ।

सांगीतिक क्षेत्रका सफल र लोकप्रिय यो जोडीलाई एकसाथ सुन्न पाउँदा श्रोता तथा शुभचिन्तकमा समेत खुशी छाएको छ ।
सुगम पोखरेलकै शब्द संगीतमा तयार भएको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।

https://www.youtube.com/watch?v=lZ6aSwjhkyE&feature=emb_title

तपाईको प्रतिक्रिया