काठमाडौं : ब्रान्डरुट इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा हुन गइरहेको ‘राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७७’का लागि फाराम खुल्ला गरिएको छ।
अवार्डका लागि ५१ विधामा फाराम खुल्ला गरिएको अवार्डका संयोजक सुनिल बिसीले जानकारी दिए। उनका अनुसार अवार्डमा सहभागी हुनका लागि प्रती विधा रु १ हजार शुल्क लाग्ने छ।
त्यस्तै, अवार्डका नीति नियमहरु आयोजकले निर्धारण गरेबमोजिम हुने, एसएमएस भोटिङ ४०%, निर्णायक मण्डल ५०% र १०% आयोजकको निर्णय हुने पनि बताइएको छ। साथै, २०७६ साल असार मसान्तदेखि २०७७ असार मसान्तसम्म वजारमा आएका गीतहरुलाई मान्यता दिइने पनि संयोजक बिसीले बताए।
छिट्टै आयोजना हुने उक्त अवार्डको लागि टिम तयारीमा जुटेको निर्माण टिमले जनाएको छ।







































































