काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलोपटक म्युजिक भिडियोमा देखा पर्दैछिन् ।

कोरोनाकालमा लगातार तीनवटा नयाँ सिनेमामा अनुबन्ध भएकी साम्राज्ञी आमा नेहा शाहले गाएको गीतको म्युजिक भिडियोमा देखापर्न लागेकी हुन् ।

नेहाको स्वर रहेको ‘तिमी र म…’ बोलको गीतको रचना र संगीत विराज गौतमको रहेको छ । म्युजिक भिडियोको प्रस्तुतकर्तामा रमेश पौडेल र अभिनय साम्राज्ञीको रहनेछ । गायिका नेहाका अनुसार म्युजिक भिडियो चाँडै रिलिज हुनेछ ।

तपाईको प्रतिक्रिया