अहिलेको देशको यथार्तता बोकेको, राष्ट्रिय भावनाले ओतप्रोत गीतकार श्रीराम थापाको गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ । सिमानाका जंगे पिल्लर राती राती सर्छन,,,,,,,, भन्दै गीतकार ले अहिलेको देशको यथार्तता प्रस्तुत गरेका छन्
गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठलाइ फिचर्ड गरिएको छ । फराज अर्पणले छायाँकन र सम्पादन गरेको भिडियोलाई गीतकार श्रीराम थापाको अफिसियल युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत सार्वजनिक गरिएको छ । गीतकार थापाले आफ्नो पहिलो प्रस्तुती रहेको राष्ट्रियगीत मार्फत युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्टमेन्ट’ लाइ संचालन सुरु गर्नु भएको हो ।
आगामी दिनमा पनि ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत लोकप्रिय गायक गायिकाको स्वरमा गीत रेकर्ड र भिडियो निर्माणको कामलाई निरन्तरता दिइने गीतकार थापाले जानकारी दिनु भयो ।

 

 

तपाईको प्रतिक्रिया