विजया दशमीको सु-अवसरमा सम्पुर्ण देश तथा विदेशमा रहनुहुने आमाबुवा, दाजुभाई, दिदिबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, ऐश्वर्य, सम्वृद्धि तथा प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त्त गर्दछु।

अनेकतामा एकता र सबै जातजाति र धर्मावलम्बीहरुको प्रतीकको रुपमा रहेका हाम्रा चाडपर्वहरुले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गर्दछु ।

अन्त्यमा, खुशीयालीका पर्वहरुले सबैमा नयाँ उत्साह एवं उमङ्ग, जोश तथा जाँगर थप्दै समुन्‍नत नेपाल र सुखी नेपाली बनाउन प्रेरणा प्रदान गर्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दछु । कोभिड-१९ लाइ फैलिन नदिन यस पालिको दशैंमा साबधानी अपनाऔ। धन्यबाद

गोमा अधिकारि धिताल – मिसेस हिमालयन नेपाल -२०१८, फेसन डिजाइनर तथा समाजसेवी

तपाईको प्रतिक्रिया