हिन्दु नेपालिहरुको महान पर्व दशैको मुख्य दिन टीका हो । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् ।

टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ । यस्तैमा पछिल्लो समय निक्कै चर्चामा आएकी गायिका रचना रिमालले पनि कोरोनाको कहर बिचमा दशैलाई हर्शोल्लासपुर्ण रुपमा मनाएकी छन् । कर्मथलोको कामलाई थाती राखेर दशै मनाउन झापा घर पुगेकी रचनाले आफ्नो परिवार संग खुसी साट्दै मान्यजनबाट आशीर्वाद थापेकी छन् ।

तपाईको प्रतिक्रिया