विराटनगरमा रहेको विकल्प एन अल्टरनेटिभले निर्माण गरेको छोटो चलचित्र ‘मोटरबाइक लाइसेन्स’ अन्तराष्ट्रीय प्रतियोगितामा मनोनित भएको छ ।

लाइसेन्सका नाममा सर्वसाधारणले पाइरहेको सास्तीकाे विषय उठान गरिएकाे छाेटाे चलचित्र ‘लाइट क्यामेरा लिब्रटी फिल्म फेस्टिबल अवार्ड २०२०’ मा मनोनित भएको हो ।

अवार्डका लागि पाँच वटा छोटो चलचित्र मनोनित भएका छन् । नेपालबाट विकल्पले बनाएको चलचित्र मनोनित भएको हो । अवार्डका लागि अर्जेन्टीना, सर्बिया, अमेरिकामा निर्माण भएका अन्य चारवटा छोटो चलचित्र मनोनित भएका छ्न् । ५० प्रतिशत सर्बसाधारणको भोट र ५० प्रतिशत छोटो चलचित्रको कथा बस्तुका आधारमा बिजेता छनोट गरिनेछ ।

विजेताले दश हजार अमेरिकी डलर पाउने छन् । २५ कात्तिकसम्म मतदान गर्ने समयसीमा छ । यहाँबाट भाेट गर्न सकिन्छ । (https://forms.gle/qgTJq6VdF8PaLcxM6)

तपाईको प्रतिक्रिया