कार्तिक ०४ काठमाण्डौ । ब्यवसाहिकता जस्तो सुकै भएता पनि नेपाली गीत संगीतको माध्यमबाट सामाजको आवाज बुलन्द गरिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीको पछिल्लो सांगीतिक प्रस्तुति “मेरो हजुर” प्रकासनमा आएको छ । डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई आफ्नो सांगीतिक पाठसाला बनाएका उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । “उनको पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमि बाट म टाढा हुँदै छु, लगाएतका थुप्रै गीतहरु आज पनि अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाईमा परिरहेका छन् ।

उनै गायक तथा सर्जक बिमल डाँगीले पछिल्लो सांगीतिक प्रस्तुति “मेरो हजुर” ले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने देखिन्छ ।  किन कि गीतमा प्रयोग भएका लय शब्द तथा स्वरले माया प्रेमको बन्धनमा बाँधिएका जोडीको प्रेम भावलाई थप प्रगाड़ता बनाउनका लागि महत्वपुर्ण भूमिका निर्बाह गर्नेछ । तसर्थ यस गीतलाई पनि सामिजिक यथार्थता भित्रको प्रष्टता भन्दा फरक नपर्ला । त्यसो त पछिल्लो समय बजारमा आएका गीतहरुले छोटो चर्चापरिचर्चा मात्र पाउने गरेको हामी मनन गर्न सक्दछौं । गायक तथा सर्जक विमलका प्रस्तुतिले भने सदाबहार श्रोता तथा दर्शकहरुको मन जितिरहेको हुन्छ ।

यिनै गीतको चौतर्फी सफलता पछी बजारमा आएको बिमलको “मेरो हजुर” बोलको गीतमा बिमल डाँगी र उनकै अर्धांगिनी सरिता डाँगीको स्वर सुन्न सकिन्छ । हामीले यो पनि अड्कल काट्न सक्छौं कि, गीतको भाव अनुसार, सम्पूर्ण संगीत पारखीहरुलाई केन्द्रित गर्दै पस्किएको यो गीत बिमलले आफ्नै अर्धांगिनीलाई कुनै अवसर पारेर उपहार प्रदान गरिरहेका छन् । बिमल डाँगी कै लय शब्दबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुंगानाको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन बिष्णु शर्माले गरेका छन् । हामि गायक तथा सर्जक बिमल डाँगीका अन्य अघिल्ला सिर्जना जस्तै यस गीतको पनि पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया