काठमाडौं । एलिजा गौतमले बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना फिल्म ‘अनुराग’ बाट पूरा गरिन् । गएको चार महिनाको अवधिमा उनले एक दर्जन म्यूजिक भिडियोमा ठुम्का लगाइसकेकी छन् । उनी भन्छिन्, ‘लकडाउनमा प्रायः सबै कलाकार फुर्सदिला थियौं । त्यही बेला मलाई म्यूजिक भिडियोबाट अफर आयो । पहिलो गीत हिट भएपछि म्यूजिक भिडियोलाई निरन्तरता दिएको छु । ऋषिजीलाई कोरोना भएपछि ६ र ७ वटा भिडियो छाडेँ । अब गीत छनोटमा गम्भीर भएको छु ।’

उनले भने ‘‘मैले ‘अनुराग’ हतारमा बनाएँ । त्यो म स्वीकार गर्छु । मैले फिल्म निर्माणको बारेमा धेरै बुझेको थिइनँ । यो अवधिमा धेरै कुरा बुझेँ । फिल्म बनाउन कस्तो टिम चाहिँदो रहेछ, के कुरामा ध्यान दिनुपर्ने रहेछ भन्ने बुझ्न र सिक्न पाएँ’, उनले अगाडि भनिन्, ‘एक दुईवटा बाहिरी ब्यानरको फिल्म गरेपछि मात्र आफ्नै लगानीमा फिल्म बनाउने सोचमा छु । अब हतारमा फिल्म बनाउँदिनँ ।’

तपाईको प्रतिक्रिया