काठमाडौं,

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ‘गोर्खा लाइभ सम्मान-२०७७’ बाट सम्मानित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा एक समारोहबीच उहाँलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठद्वारा गोर्खा लाइभ अनलाइनको उद्घाटन गर्नुभएको थियो । उहाँले अनलाइन क्षेत्रबाट पनि देश तथा बिदेश जतासुकै सत्यतथ्य पस्कनुपर्ने कुरा बताउनु भयो ।

कार्यक्रमको साहित्यकार ‘अमर’ले गोर्खा लाइभ डट कमको सफलता एवम् उन्नतिको कामना गर्नुभयो । गोर्खा लाइभ अनलाइन गोर्खा मिडिया प्रा.लि. बाट सञ्चालनमा आएको हो ।

यसका अध्यक्ष प्रेमबहादुर भेगा रहनु भएको छ । सञ्चारकर्मी बिनिता क्षेत्रीले सञ्चालन गरको कार्यक्रमको सभापतित्व दीपक गुरुङले गर्नुभएको थियो । कार्यक्रममा पत्रकार तथा कलाकारहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया