- - मेराेफिल्म

बाघ त बुढो अवश्य होला । बुढो भएनी बाघले घास त खादैन । खान्छ मासु नै । बुढो भएपनि बाघले मासु खान्छ र उसको राज रहने हो । नेपाली फिल्ममा छविराज ओझालाई बाघ भनिन्छ । अब भनिन्थ्यो भन्ने कि के ?

बाघ बुढो भएको त हो । छविराज ओझाको आज जन्मदिन हो । उनलाई जन्मदिनको शुभकामना भनौ पहिला । शुभकामना दिइसकेपछि छविराज ओझाको बाघ उपनामबारे कुरा गरौ ।

राजेश हमाल, रेखा थापा, आर्यन सिग्देल जस्ता हिरो हिरोइन जन्माए । शिल्पा पोखरेल पनि उनकै ब्यानरकी अभिनेत्री । अहिले सम्बन्धमा पानी बाराबार ।

छविराजको चहलपहल छैन अहिले । फिल्मले धार परिवर्तन गर्यो । छविले बनाएका फिल्म उनकै नामले चल्थ्यो । नेपाली फिल्ममा निर्माताकै नामले फिल्म चलेको कम छ । छवि निर्माता सेलिब्रेटी हुन् ।

अहिले छवि सुस्ताए । घरयासी सम्बन्ध असफल भएपछि उनको चक्कर अदालतसम्म पुग्यो । छवि हराए । छवि हराउँदा बाघहरु जन्मिएका छन् अरु । उनको बाघ उपनाम धरापमा छ ।

बाघ बुढो भएपनि मासु नै खान्छ, घाँस खान्न भनिएकै हो । छविले पनि बलियो शिकार गर्नुछ, भन्नुको अर्थ फिल्म बनाउनुछ ।

उनको फिल्मले धमाका मच्चाउनुछ । कसले चोर्यो मेरो मनको सिरिज बनाउने तयारी छ उनको । आजको दिनमा त उनको चर्चा सेलायो । तर, शिल्पा पोखरेलसँग डिभोर्सको मुद्दामा उनी हटकेक बने ।

छविराज ओझा सुस्ताएको बाघ हुन् । तर, अब उनी गुफामै हराउन हुन्न ।

तपाईको प्रतिक्रिया