खेलकुद् ,यातायात, होटल व्यसाय सबै खुलिसकेपनि फिल्म हल खुल्न सकेको छैन । भिडभाड हुने र कोरोना संक्रमण बढ्ने भन्दै फिल्म हल ,स्कुल लगायतका क्षेत्रमा अझैँ रोक लगाइएको छ । तिहार र छठमा सरकारले हल खोलन आदेश देला भनेर बसेका फिल्म हलका मालिक अहिले पनि निराश देखिएका छन् ।

केहि फिल्मले दसैं अघि देखि नै छायांकन गरिरहेका छन् । तर, फिल्म हल भने अझैँ बन्द रहेको छ । फिल्म हलमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आधा दर्शक राखेर भएपनि फिल्म प्रदर्शन गर्न तयार छन् । यता सरकारलेभ ने फिल्म हल खोल्न फिल्मकर्मीले पटक पटक आग्रह गर्दा आश्वसन मात्रै दिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म छायांकनमा सरकारले रोक नलगाएको बताएका छन् । केहि दिन अघि टेलिफोन बार्तामा उनले फिल्म छायांकनमा रोक नलगाएको बताएका हुन् । बन्द रहेको फिल्म हल खुलाउन आफुले सक्दो प्रयास गरिरहेको जानकारी दिए ।

हालै एक फिल्मको उद्घोष कार्यक्रममा एकपछि अर्को फिल्मको घोषणा भएर छायांकन सुरु हुन थालेकोमा आफु खुसी रहेको बताए । उनले बन्द रहेका फिल्म हल सरकारले चाँडै खोल्न अनुमति दिनेमा आफु विश्वस्त रहेको बताए । त्यस्तै सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन गर्न आग्रह गरे । ‘फिल्म क्षेत्रका गतिविधि ठप्प हुँदा दैनिक श्रम गरेर जीवनयापन गर्ने फिल्मकर्मीलाई समस्या भएको छ । त्यसैले फिल्म क्षेत्र खुलाउनु पर्छ भन्ने मेरो मान्यता हो’,बोर्डका अध्यक्ष दाहाले भने ।

तपाईको प्रतिक्रिया