नेपाली फिल्म क्षेत्रको एक समय नम्बर वान अभिनेताको पहिचान बनाएका नायक आर्यन सिग्देल लभस्टोरी फिल्ममा निर्देशकको पहिलो रोजाईमा पर्थे । उनले फिल्म ‘किस्मत’बाट फिल्म क्षेत्रमा डेब्यु गरेका हुन् । आर्यनको पहिलो फिल्म नै सफल भएपछि उनले पछि फर्केर हेर्नु परेन् ।

शनिवार राजधानीको एक कार्यक्रमकोबीचमा घोषणा गरिएको फिल्म ‘डिसेम्बर फल्स’ मा आर्यनले लामो समयपछि अभिनय गर्ने भएका छन् । लभस्टोरी थ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ को निर्देशन प्रविण झाले गर्दैछन् । माघबाट सुर्टिङको काम सुरु भएर २०७८ साउनको १ गते रिलिज हुने मिती तोकीएको यस फिल्ममा सलोन बस्नेतको पनि अभिनय रहनेछ ।

फस्ट लभ, नोभेम्बर रेन, क्लासिक, होमवर्क, आई एम सरी जस्ता आर्यनका सफल चलचित्र हुन् । तर, पछिल्लो समयमा उनले अभिनय गरेका फिल्म ‘हजार जुनीसम्म’ र ‘चच हुई’ भने असफल भएका थिए । गत वर्ष रिलिज भएको फिल्म मध्ये एउटाले पनि उनको नाम जोगाउँन सकेन् ।

हालसम्म नायिकाको टुंगो नलागेको यस फिल्ममा सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई आदी कलाकारहरुको दमदार अभिनय रहने छ । राजकुमार भट्ट निर्माता भएको यो फिल्ममा राम प्रसाद रिजालको प्रस्तुती रहनेछ । केदार भुषालको पटकथा र संवाद रहेको फिल्मलाई रवि नाइडुले क्यामेरामा कैद गर्नेछन् । नाइडुले हिन्दी फिल्ममा छायांकन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया