काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’ मा समावेश ‘सबै मिले देश विकासमा केहि बेर लाग्ने छैन’ गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । विपिन किरणको शब्द तथा शान्तिराम राईको संगीत निर्देशनको उक्त गीतमा गायक राजेश पायल राईको स्वर छ ।

म्युजिक भिडियोलाई नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रविन्द्र खड्काले निर्देशन गरेका छन् । शनिवार छायांकन गरिएको उक्त गीतमा नृत्य संघका कार्यबाहक अध्यक्ष जनक कार्कीको कोरियोग्राफी छ भने भिडियोलाई जीवन श्रेष्ठले छायांकन गरेका हुन् । गीतको छायांकन चन्द्रागिरीमा गरिएको निर्देशक खड्काले जानकारी गराउनु भएको छ । राष्ट्रिय युवा संघका सह संयोजक रमेश पौडेलको संयोजकत्वमा उक्त भिडियो निर्माण गरिएको हो ।

भिडियोमा मोहन निरौला, रबिन्द्र खड्का, पल शाह, पुष्प खड्का, धिरेन शाक्य, राजेन्द्र खड्की, रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, उद्धब भट्टराई, जिबन थापा, राजु शाही सहित विभिन्न लोकप्रिय अनुहारहरुले अभिनय गरेका छन् । चाडैनै म्युजिक भिडियो आउने जानकारी निर्देशक रबिन्द्र खड्काले जानकारी गराउनु भएको छ।

तपाईको प्रतिक्रिया