रेश्मा घिमिरेलाई पछिल्लो समय दर्शकले टिकटकबाट उदाएकी मोडलको रुपमा चिन्छन् । तर, रेश्माले चलचित्र ‘यो साइनो मायाको’मा केही बर्ष अगाडि नै काम गरेकी थिइन् । यो चलचित्र असफल भएपछि रेश्मा रंगिन दुनियाँबाट हराइन् । उनै, रेश्मा टिकटकबाट उदाएपछि अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् ।

रेश्माले अभिनय गरेका म्यूजिक भिडियोले दर्शकको साथ पनि राम्रो पाइरहँदा उनलाई लिएर भिडियो बनाउन चाहने मेकरहरुको संख्या पनि बढ्दै गएको छ ।
हालैमात्र, उनले दुलही बनेर अभिनय गरेका ‘लगनगाँठो’ एल्बममा समावेश ५ गीतको म्यूजिक भिडियो छायांकन भएको छ । जसमध्ये, २ वटा गीत सार्वजनिक भैसकेको छ ।

रेश्मा आफूलाई अहिले नै चलचित्रमा काम गर्ने मोह नभएको बताउँछिन् । अहिले म्यूजिक भिडियो नै ठिक भएको उनको तर्क छ ।

टिकटकबाट पछिल्लो समय धेरै प्रतिभाहरु म्यूजिक भिडियोमा आइरहेको देख्दा रेश्मा खुशी पनि छन् । उनी भन्छिन्–‘मलाई प्रतिस्पर्धा महशुश हुँदैन । केही भाइबैनीहरुले मसँग सल्लाहा पनि माग्नुभएको छ । प्रतिभा भएकै कारण उहाँहरुले म्यूजिक भिडियोमा अवसर पाउनुभएको हो ।’

तपाईको प्रतिक्रिया