आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युब र टिकटकमा छाएका छन् । सायद उनलाई नचिन्ने कमै होला यो सामाजिक सन्जालको समयमा । पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन् ।

यीनै रमेश अहिले दोहोरी गायकका रुपमा चर्चामा छन्। तर उनि आफु कलाकारिताको पर्यटक मात्र हुँ भन्छन । उनको र कल्पनाको दोहोरी चर्चामा आए पछी सबै दर्शकले वस्तविकतामै जोडी बाधेको हेर्न चाहे यो बिषयमा उनको जवाफ यस्तो छ ” ‘कल्पनाको प्रतिभालाई म उच्च सम्मान गर्छु । त्यसो भनेर उनीसँग मैले विहे नै गर्नुपर्छ भन्ने हुँदैन । मान्छेहरुले चाहेका हुन सक्छन् । तर, मान्छेले चाहेका सबै जोडी त बन्दैनन् नि । जस्तो कि बलिउड फिल्म हेर्नेहरुले शाहरुख खान र काजोलको जोडी चाहेका थिएन होलान् । तर, त्यो वास्तविकतामा सम्भव थिएन ।” भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया