काठमाण्डौँ ।

कोभिड 19 को कारण रोकिएको साधना म्युजिक अवार्डको आवेदन फारम पुन खुल्ला भएको आयोजक सस्था सामना म्युजिक क्रियसनले जनाएको छ ।

अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको दोश्रो साधना म्युजिक अवार्ड २०७७को आवेदन फारम पुन खुल्ला गरिएको आयोजकले बताएको छ ।

नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ बैशाख १ गते देखि मंसिर १ गते सम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने भएका छन ।

नेपाली मौलिक लोक गीत संगीतको विकाश र विस्तार एवम प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी दिइन ।

आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रालिको कार्यालयमा बाट प्राप्त गर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया