मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो सातामा मन खुसी रहनेछ । रोकिएको धन हात पर्ला । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । रमणीय र सुखद् व्यावसायिक यात्राको योग छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता धार्मिक क्षेत्र र रमणीय यात्राको योग छ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
चिताएको कामले तीव्रता लिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो हप्ता नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमी वा प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सोचेभन्दा आम्दानी बढ्नेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता अनावस्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा शुभकायको चर्चा चल्ने र नयाँ काम सुरु गर्ने समय छ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सातामा रोकिएका अधूरा काम पुनः सुरू हुन सक्छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । पदोन्नतीको सम्भावना प्रवलछ । सन्तानबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । भौतिक साधन जुटाउने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता सामाजिक र राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभ कार्यमा सरिक भाईनेछ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीका लागि 977-9849559502

तपाईको प्रतिक्रिया