काठमाडौं : नेपालमा पहिलोपटक भएको इन्टरनेशनल डान्सिङ फ्रेन्चाइज शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को विजेता सुमि मोक्तान र भिजु पार्कीको टिम सुभिजु बनेको छ।

गत असोज २ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारित उक्त शोको ग्रान्ड फिनालेमा पुगेका टप ३ जोडि मध्ये जोडी अन्य २ जोडिलाई दर्शकको भोटले उछिन्दै विजेता बनेको हो। त्यस्तै, फर्स्ट रनरअप जोडी बनेको छ।भने सेकेन्ड रनरअप पिर्याना आचार्य र शुभम बुझेलको जोडी बनेको छ।शोको फिनाले शनिबार ‘डान्सिङ विथ द स्टार्स नेपाल’को आफ्नै स्टुडियोमा सम्पन्न भएको हो।

विजेता टिमले नगद २० लाख रुपैयाँ संगै अन्य आकर्षक पुरस्कार प्राप्त गरेको छ। नायक दिलिप रायमाझी , अभिनेत्री गौरी मल्ल र चलचित्र निर्माता तथा निर्देशक रेनसा राई राना निर्णायक रहेको उक्त शोको होस्टमा सुमन कार्की र सदिक्षा श्रेष्ठ रहेका थिए।

तपाईको प्रतिक्रिया