काठमाडौं। गायक बुद्ध लामा अनमोल केसीसँग जोडिने भएका छन्। भूवन केसीले निर्माण गर्ने चलचित्रमा गीत गाउनका लागि उनलाई अफर गरेका हुन्।

त्यस्तै कोरियोग्राफार केविका खत्रीलाई पनि भूवनले चलचित्रमा काम गर्ने अवसर दिएका हुन्। बुद्ध र केविका ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को फस्ट रनरअप भएका छन्। शनिबार राति प्रतियोगिताको ग्राण्डफिनाले चलिरहेको बेला भुवनले फोन गरेर यस्तो अफर गरेका हुन्।

भूवन केसीको ‘दि सुपर काजोल फिल्मस्’ बाट बन्ने नयाँ चलचित्रमा बुद्धले गीत गाउने मौका पाउने छन्। त्यस्तै केविकाले भने गीतको भिडिओको कोरियोग्राफी गर्नेछिन्।

भूवन यतिबेला दुई वटा चलचित्र निर्माणको तयारीमा छन्। उनले ‘पारस’ र ‘एन्टी हिरो’ चलचित्र निर्माणको तयारीमा छन्। दुई चलचित्रमध्ये एक चलचित्रमा दुवै जनालाई उक्त अवसर दिन लागेको भूवनले बताए।

अनमोल मुख्य भूमिकामा रहने एन्टी हिरोमा नायिका जसिता गुरुङ फाइनल भइसकेकी छिन्। भने अर्को चलचित्रका लागि हिरोइनको फाइनल भएको छैन्।

चलचित्र छायांकनको अनुमति पाएसँगै छायांकनमा जाने भुवनको भनाइ छ। कोरोना महामारीका कारण चलचित्रको छायांकन हुन सकेको थिएन।

तपाईको प्रतिक्रिया