काठमाडौं। बलिउड अभिनेत्री रिचा चड्डा यतिबेला एक बायोपिकमा काम गरिरहेकी छिन्। साउथ इण्डियाकी एडल्ट स्टार शकिलाको जीवनीमा बन्न लागेको शकीलामा उनी मुख्य भूमिकामा छिन्।

हिन्दीसहित चार अन्य भाषामा रिलिज हुने यो चलचित्र भारतका १००० स्क्रिनमा प्रदर्शनमा आउनेछ।

यतिबेला चलचित्रको प्रमोशनमा रहेकी रिचाले एक एडल्ट स्टारको जीवनी कस्तो हुन्छ भन्ने कुरा देखाइने बताइन्।

कोरोना महामारीका कारण कुनै पनि चलचित्रको छायांकन गर्न नपाएकी उनले शकिलाको छायांकन भने यही मौकामा सकाएकी हुन्।
उनी अली फजलको प्रेममा छिन्। यसअघि नै दुवैजनाबीच विवाहको कुरा चलेको थियो। तर, कोरोना महामारीका कारण विवाह हुन सकेन्।

गत मार्चमा तय भएको विवाह त्यही बेलादेखि लागू भएको लकडाउनका कारण रोकिएको थियो। अब कोरोना महामारी सकिएर भ्याक्सिन नआउँदासम्म विवाह नगर्ने रिचाले बताएकी छिन्।

कोरोना भ्याक्सिन आएपछि जनजीवन सामान्य हुन्छ। त्यसपछि मात्र विवाहको प्लान बनाउने उनले बताइन्।

तपाईको प्रतिक्रिया