यसअघि ‘वल्ली होइन पल्ली’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक लोक पौडेलले कृष्णको महिमा झल्कने ‘अलमल नगरौं’ शिर्षकको भजनको म्युजिक भिडियो सार्वजनिक गरेका छन।समय र उमेर छदै ईश्वर प्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न यस भजनका माध्यमबाट संदेश व्यक्त गरिएको छ। भजनमा डा. भोला रिजालको शब्द र नरहरि प्रेमीको संगीत रहेको छ। कमल सौरागले यस भजनलाई संगीत संयोजन गरेका हुन्।
भिडियोमा अन्जली अधिकारी र राज खड्काको अभिनय रहेको छ। भिडियोमा आशुतोष अइडीको कोरियोग्राफी रहेको छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। मिरा इन्टरटेन्मेण्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

 

तपाईको प्रतिक्रिया