काठमाडौँ । गायिका कविता नाछिरिङ राईको स्वरमा रहेको ‘सुरुवात’ बोलको गीतको भडियो सार्वजनिक भएको छ । सरिता लिङ्देनको शब्द र बादल लिम्बुको संगीत रहेको गीतमा उदय राज पौडेलको संगीत रहेको छ ।
भिडियोमा प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ । जसमा आरोशी थापा र दिपेश मगर फिचर्ड छन्।
साईप्रस राज्यका मनोरम दृश्यहरु समेटिएको म्युजिक भिडियोमा आना होन्छेनले छायांकन र अनिल रानाले सम्पादन गरेका हुन । सरिता लिङ्देन र नरेश लिम्बुको निर्देशन रहेको छ ।




































