‘चुनावमा जाने मौका आयो भने काँग्रेस चुनावमा जानुपर्छ । सर्वोच्च अदालतभन्दा पनि ठूलो अदालत जनता हो । चुनावमा जाने मौका आयो भने काँग्रेसले भाग्नु हुँदैन ।’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीद्वारा आयोजित बिरोधसभालाई गर्नुभएको सम्बोधनको एउटा अंश हो यो ।

देउवाले यसो भनिरहँदा सहभागी महिला कार्यकर्ताले ‘चुनावमा गएर जितिँदैन । केहिपनि नापिएन । सबै लथालिङ्ग छ । देशको लागि सोचौं’ भनेर जवाफ फर्काइरहेकी थिइन् । कार्यकर्ताको उक्त प्रतिक्रियाले अप्ठेरो मान्नुभएका देउवाले ‘उता जानुस्,तपाईं नबोल्नुस्, सुनिरहनुस्’ भनेपनि महिला कार्यकर्ताले ‘किन जाने ?’ भनेर जवाफ फर्काएकी थिइन् ।

सभामा सामान्य विवाद भएपछि अर्का कार्यकर्ताले देउवालाई सुझाए ‘नेपाली महाभारतमा तपाईं भिष्मको रूपमा नरहनुहोला,प्लिज’ । त्यसपछि सभापतिले थप्नुभयो ‘के रे ? ‘बोल्नेजति बाहिर, दोहोरो कुरा गर्ने होइन ।’

तपाईको प्रतिक्रिया