काठमाडौँ – राष्ट्रिय एकता दिवस तथा महान योद्धा राजा पृथ्वीनारायण शाहको जयंतीको अवसरमा द क्रियर्टस समुहले चन्द्रागिरीमा एक सब्य र भब्य कार्यक्रम आयोजना गरि National Creators Award 2020-“The National Heroes” समाजसेवी सुमित्रा बस्नेतलाइ सम्मानित गरेको छ ।नेपाली राष्ट्रिय जीवनमा सकारात्मक योगदान पुर्याएका सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको उक्त कार्यक्रममा समाजसेवी सुमित्रा बस्नेतले राष्ट्रको लागि पुर्याएको अतुलनिय योगदान स्वरुप प्रमुख अथिति पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानन्यायाधी शखिलाराज रेग्मी द्वारा उक्त सम्मान गरिएको थियो।
बिगत डेढ दशक देखि सेवा मुलक ब्यबसाय र सामाजिक क्षेत्रमा सक्रिय भई बित्तिय क्षेत्रमा तथा विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न भएर मुलुकको आर्थिक बृदीदर उकास्न महत्वपुर्ण भुमिका निर्बाहा गरेको योगदान स्वरुप तथा महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई सम्मान अर्पण गरिएको छ।




































