- सुमित भण्डारी

सुनसरी । प्रदेश एकको इटहरीबाट उदाउदै गरेका नव गायक रोमन बस्नेतको ‘आमा’ सार्वजनिक भएको छ । कृष्ण खवासको शब्द संगित रहेको गीत हाइलाइटस् नेपाल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा नेपालीहरुले बैदेशिक रोजगारमा जाँदा पाएका दुःख र पिडालाई दर्शाइएको छ । नेपालमा रहेको वेरोजगार समस्या र त्यसको उपजको रुपमा युवाहरु विदेशिनु पर्ने बाध्यतालाई स्पष्ट रुपमा देखाइएको छ ।

म्युजिक भिडियोमा गायक स्वयम् रोमन बस्नेत, रोनिशा बस्नेत, राजन बस्नेत, अमिता बस्नेत, रेजिसा बस्नेत, राजु बस्नेत, शैलेन्द्र खनाल, रुद्र बस्नेत, निशा जङ्ग खड्का, अविषेक दाहाललगायत कलाकारहरुको अभिनय रहेको छ ।

गायक बस्नेतको यो पहिलो सोलो गीत भए पनि पहिलोजस्तो लाग्दैन । गीतको छायाङ्कन मोरङको जेफाले, गोठगाउँ, केराबारी र मृगौलियाको परिवेशमा गरिएको छ ।

गीतमा आमालाई गाउँघरको माटोसँग जोडेर गाइएको छ । ‘बालककालको याद आउँछ आमा जब आएँ यो खाडीमा,’ शब्दसहितको अभिनय प्रस्तुति मनले सम्झिरहने खालको बनेको छ ।

तपाईको प्रतिक्रिया