बलिउड नायक बरुण धवनले जनवरी २४ मा आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्न लागेको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, बरुण र नताशाले जनवरी २४ मा अलिबाग रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका लागि कार्ड समेत वितरण भैसकेको भारतीय मिडियाको दाबी छ ।

आफ्ना आफन्त र साथीभाइको उपस्थितीमा बरुण र नताशाले बिहे गर्न लागेका हुन् । यसका लागि अलिबागको सम्पूर्ण रिसोर्टहरु बुक गरिएको छ ।

बरुण र नताशाको बिहे समारोह जनवरी २२, २३ र २४ तारिखमा हुनेछ ।

तपाईको प्रतिक्रिया