तेह्रथुम ।
कोरोना कहर पछि स्थानिय तहमा तिव्र रुपमा विकाशले गति लिएको छ । लामो समयसम्म जनप्रतिनिधि विहीन बनेको समाजमा निर्वाचित प्रतिनिधीहरु अहिले विकासको काममा व्यस्त देखिएका छन । तेह्रथुमको म्याङ्गलुङ्गमा विकास निर्माणको कामले तिव्रता पाएको स्थानियहरुले बताएका छन

तेहूथुमका स्थानिय तहहरुले अहिले ठुलो योजना देखी सा साना योजनाका काम तिव्र रुपमा गरि रहेको छ ।
स्थानिय सरकार आएपछि समाजमा भ्रष्ट्रचारको अन्त्य भएको छ । तिन बर्षको अवधिमा जनताले आफुले खोजे अनुरुपको विकास निर्माण कार्य सन्तोष जनक भएको बताएको छ । संधियता आएपछि मुलुकमा मात्र नभएर ग्रामिण क्षेत्रमा विकासको ठुलो योजनाको रुपमा आएको म्याङलुङ नगर प्रमुख संजय कुमार तुम्बाहाम्फे ले बताउनुभयो नगरपालिका भित्र रहेका सडकलाई स्तरउन्नती गरी सवै जनताको घरघरमा सडक पुर्याउने जानकारी दिनुभयो ।।जनताले सहज रुपमै आफ्ना आवश्यक्ता पुरा गर्ने अधिकार रहेकोले यसको महशुस गरेको उहाँले बताउनुभयो ।

राजनैतिक दलहरुको साथ र जनताको साथ र सहयोगबाट विकाशका साथै शिक्षा स्वास्थ्य लगायतका आधारभुत कुरामा प्रत्यक्ष रुपमा जनताले अनुभव गरेको उहाँले बताउनुभयो । नगरका सडक निमार्ण,स्तरउन्नती लगाएत काम ८० प्रतिशत भन्दा धेरै सकिएको उहाँले बताउनुभयो ।

हेर्नुहोस भिडियोमा

तपाईको प्रतिक्रिया