काठमाण्डौ माघ ०६ । स्थायी घर सिन्धुपाल्चोक भएका जय प्रकाश श्रेष्ठको फेरी अर्को उत्कृष्ट लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ ।उक्त गीत “नबनिदेउ छुच्चो” बोलको रहेको छ । उनले यस अगी पनि थुप्रै गीतहरु ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक तथा सर्जक जय प्रकाश श्रेष्ठको यस गीतमा जय प्रकाश श्रेष्ठ, कसम रानी ठकुरी, रन्जित परियार, आशाराम गुरुङ स्मृति शाही र कल्पना सुनुवारको सुमधुर स्वर सुन्न सकिन्छ ।

पछिल्लो समय नेपाली गीत संगीतको बजारमा श्रोता तथा दर्शकहरुको चाहनालाई ध्यानमा राखेर कुनै पनि सिर्जना पस्किन सकिएन भने उक्त प्रस्तुतिले श्रोता तथा दर्शकहरुको मस्तिष्कमा स्थान नपाउन सक्दछ । त्यसैले पनि हरेक कोणबाट यस गीतलाई स्तरीयता दिने प्रयाश गरिएको छ । “नबनिदेउ छुच्चो” बोलको गीतको म्युजिक भिडियोमा पी.एन सापकोटा, अन्जली अधिकारी र एलिना रायमाझीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया