काठमाडौं । अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियाशिल संगीतकर्मीहरुले नेपाली अनलाइन ‘रमाइलो जोक्स कम्पिटिशन २०२१’ को सुरुवात गर्ने भएका छन् ।

चुट्किला सुनाएर हँसाउने यस प्रतियोगीतामा निर्णायकका रुपमा चर्चित हाँस्य अभिनेता वुद्दि तामाङ, हाँस्य कलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी रहने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रतियोगीहरुले रमाईलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सकिने आयोकजले जनाएको छ ।

त्यस्तै रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सक्ने छन्। जनवरी ८ देखि फेब्रअरी २८ सम्म प्रतियोगीहरुले आवेदन दिने प्रतियोगीतामा उत्कृष्ट हुनेले तिन हजार डलर, दोस्रो दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगद पाउने कार्यक्रमका उत्पादक तथा निर्देशक कमल राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया