काठमाण्डौ माघ १० – नेपालि कला क्षेत्रमा पोख्त सिन्धुपाल्चोक जिल्लाका शान भुवन श्रेष्ठ मुस्कानको अभिनयमा एक निकै मनछुने गीत भर्खरै बजारमा आएको छ । निकै समय प्रबास बसेर स्वदेश फर्किएका एक प्रेमीले एरपोर्ट बाहिर निस्किए पश्चात आफ्नी प्रेमिकालाई फोन गर्छन् तर जुनीजुनी संगै मर्ने र संगै बाँच्ने कसम खाएको त्यो प्रेमिकाबाट, मलाई फोन नगर, मैले अर्कैको सिन्दुर सिउँदोमा भरिसकें भन्ने किसिमको सहनै नसक्ने अभिव्यक्ति प्राप्त भएपछीको वियोगान्त प्रेमभावमा सजिएको उक्त गीत “छाती भित्र” बोलको रहेको छ ।

गीतलाई गीतकार लक्ष्मी प्रसाद मिश्रलले कोरेका हुन् उनले सम्पूर्ण संगीत पारखीहरु माझ मेरा अन्य सिर्जनाहरुलाई मन परईदिनु भयो त्यसै गरि नै यस सृजनालाई पनि मन पराईदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् । “छाती भित्र” बोलको गीतलाई संगीत डी.बि लामाले भरेका हुन् । यस गीतको म्युजिक भिडियोमा अभिनयमा भुवन श्रेष्ठ मुस्कान, एलिना रायमाझी, राजेश चौलागाईं र नबुल श्रेष्ठ मुस्कानको रहेको छ ।भिडियोलाई निर्देशन भुवन श्रेष्ठ मुस्कानले गरेका हुन् भने छायांकन जनकराज अधिकारी र मरुभूमिनारायण त्यसैगरी सम्पादन मनिष कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया