चितवन : चितवनमा ब्युटिसियनहरुको लागि ब्युटिसियन ट्यालेन्ट-२०२१ हुने भएको छ। सौन्दर्य पेशामा आबद्द तथा ब्युटीपार्लर सिकीरहनु भएकाहरुको आत्मबल बढाउन तथा आत्मा सम्मानका लागि चितवन मै पहिलो पटक ब्युटिसियन ट्यालेन्ट चितवन हुने भएको हो । क्रियटिभ इन्साईट चितवनको आयोजनामा हुने सो प्रतियोगितामा भाग लिन चाहनेले फारम पर्नुपर्ने बताइएको छ ।
चितवनमै पहिलो पटक पृथक तरिकाको कार्यक्रम गर्न लागिएको बताउदै आयोजक संस्थाले चितवन भित्र ब्युटिसियन पेशामा आबद्द तथा सिक्दै गर्नुभएकाहरुले भाग लिन सक्ने बताएको छ ।
प्रशिक्षणको क्रममा बिज्ञहरुबाट प्रतियोगीहरुले ब्युटीसियन सम्बन्धि सेल्फ मेकअप, ब्राईडल मेकअप, इफेक्ट मेकअप, वाटर मार्वल नेल आर्ट, रसियन हेयर स्टाईल, हेयर केमिकल, आईल्यासिस एक्टेन्सन, पर्सनालिटी डेभ्लोप्मेन्ट, मिडिया प्रिजेन्टेसन, ग्रुमिङ जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ ।
ब्युटिसियनहरुको व्यक्तित्व बिकास र प्रतिभा प्रस्तुतिका लागि देश विदेशबाट अनुभव प्राप्त, सिटिइभिटीबाट मान्यता प्राप्त र ब्युटिसियन ब्यबसायमा अनुभव प्राप्त प्रशिक्षकबाट प्रशिक्षण गराइने सो प्रतियोगितामा विभिन्न तालिमहरु संचालन गराइने जानकारी दिएको छ । विभिन्न विधामा प्रतिस्पर्धीलाइ प्रतिष्पर्धा गराइने बताउदै आयोजक संस्थाले विजेतालाई नगद पुरस्कार सहित आकर्षक उपहारका साथै भ्रमणको समेत ब्यवस्था गरिएको बताएको छ ।










