आफ्नो अपमान भयो न्याय चाहियो भन्दै प्रहरी कार्यालयमा पुगेकी नायिका सुष्मा कार्कीले रङ्ग पत्रकार उत्सव रसाइली र नायिका श्वेता खड्काकी बहिनी आरती खड्काका विरुद्ध उजुरी दिएपछि रसाइली यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सुष्मा आफ्ना अभिव्यक्तिका कारण पनि प्राय चर्चित रहन्छिन् । मङ्गलवार उत्सव र आरतीसँगको विवादका कारण फेरी एक पटक चर्चामा आएकी छन् ।

उत्सव र आरतीले आफूलाई दुर्व्यवहार गरेको भन्दै उनी न्याय खोज्न प्रहरी कार्यालय पुगेकी थिइन् । नायिका सुष्मा कार्कीमाथि काठमाडौँको लन्डन पब क्याफेमा सोमबार राति घटना भएको बताइएको छ ।

नायिका सुष्मा कार्कीले घटनाको भिडियो रेकर्ड समेत भएको बताएकी छन् । उनले भनिन् ‘मसँग सबै भिडियो रेकर्डहरू छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’नायिका श्वेता खड्काले आफूलाई नराम्रो शब्द प्रयोग गरेको सुष्माले दाबी गरेकी छिन् ।

सो समयमा उत्सव, आरतीको साथमा नायिका श्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा भएको उनको दाबी छ । पत्रकार रसाइलीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सुष्माले जातीय अपमान हुने शब्द प्रयोग गरेर आफूलाई गा’ली गरेका कारण आरतीले एक झापड लगाएको स्वीकार गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी रमाइलो गरिरहेका थियौँ। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गा’ली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गा’ली गर्नुभयो, रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ ममाथि दु’र्व्य’वहार भएपछि श्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभयो। त्यसरी दु’र्व्य’वहार गरेपछि आरती जीले एक झापड हा’न्नु भएको हो।’

तपाईको प्रतिक्रिया