काठमाडौं। हास्य कलाकार कपिल शर्मा लगातार दोस्रो वर्ष पनि अर्को सन्तानका पिता बनेका छन् । २०१९ को डिसेम्बरमा छोरीका पिता बनेका कपिल त्यसको १ वर्षपछि छोराका पनि पिता बनेका छन् । २०१८ को डिसेम्बर १२ मा बिहे गरेका कपिल १ वर्षपछि २०१९ को डिसेम्बर १० मा छोरीका पिता बनेका थिए । छोरीको पिता बनेको १३ महिनापछि कपिल छोराका पनि पिता बनेका छन् । कपिलकी पत्नी गिन्नी चतरथले आज बिहान छोरालाई जन्म दिएकी हुन् ।

कपिलले ट्वीटर मार्फत आफू दोस्रो सन्तान छोराको पिता भएको जानकारी दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘नमस्कार, हामीलाई पुत्र लाभ भएको छ। भगवानको आशीर्वादले आमा र बच्चा दुवैको स्वस्थ छन् । तपाईँहरु सबैको माया, आशीर्वादको लागि धन्यवाद । गिन्नी र कपिलको तर्फबाट धेरै माया ।’ कपिलले केही दिनअघि मात्रै आफूले परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न तयार रहेको र केही समय श्रीमती र सन्तानसँग बिताउन चाहेकोले आफ्नो ‘द कपिल शर्मा शो’ केही समयको लागि बन्द हुने बताएका थिए ।

तपाईको प्रतिक्रिया