दिपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को निर्माताको रुपमा दीपक मनाङ्गे पनि जोडिएका छन् । फिल्मको प्रस्तुतकर्ता किरण नेपालीले दीपक मनाङ्गेको पनि लगानी रहने बताएका छन्। यो भन्दा अगाडी किरण र दीपकले ‘पोई पर्यो काले’मा लगानी गरेका थिए।

गत वर्षको चैतमा छायांकन गर्दा गर्दै कोरोना त्रास र लकडाउनका कारण रोकिएको थियो। फिल्ममा अभिनेता दयाहाङ राई, पल शाह, अभिनेत्री वर्षा राउतका साथै भुटानी अभिनेत्री उगेन छोदनको मुख्य भूमिका छ । निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी चैत्र १५ गतेबाट सुरु गरिनेछ । फिल्म रेड वर्ड प्रोडक्शन र आरआरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको छ।

तपाईको प्रतिक्रिया