नायिका करिश्मा मानन्धर आजबाट ४७ बर्षमा प्रवेश गरेकी छिन् ।
करिश्माको जन्म सन् १९७४ फ्रेवुअरी ४ मा भएको थियो । वि सं २०४२ सालमा पहिलो ‘सन्तान’ फिल्ममा अभिनय गरेपछि करिश्मालाई कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन ।
उनले अभिनय गरेका ‘मायालु, कस्तुरी, ट्रक ड्राइभर, भाउजु, साथी, एक नम्बरको पाखे, बसन्ती, ढुकढुकी, पन्छी, जिद्दी, जिन्दगी’ लगायतका फिल्म चर्चामा रहेका छन् ।
करिश्माले निर्माण गरेको फिल्म ‘ढुकढुकी’ले दर्शकको मन जित्यो । ४९ बर्षको उमेरमा पनि आफ्नो सुन्दरताको जादु छर्न सफल करिश्माको क्रेज आज पनि उस्तै छ ।
आज जन्मदिन मनाइरहेकी नेपाली फिल्मकी सुन्दरी करिश्मालाई जन्मदिनको धेरै धेरै शुभकामना ।










