सामाजिक संजाल युटुबमा चर्चामा रहेका अलिफ खानले संगीतकार अर्जुन पोखरेलको संगीतमा एउटा गीत रेकर्ड गराएका छन् । विगत १० बर्षदेखि म्यूजिक सिकिरहेका आलिफ लामो समयपछि बल्ल चर्चामा आएका हुन् । उनी, चर्चामा आएपछि अर्जुनले उनीसँग सहकार्य गरेका हुन् ।

अर्जुनले अनलाइनखबरसँग भने–‘हामीले आलिफलाई भाइरल भएकै कारण मौका दिएका होइनौं । उनीसँग प्रतिभा पनि छ । प्रतिभा भएकै कारण हामीले सहकार्य गरेका हौं । भाइरलकै पछि लाग्ने भए मैले यसअघि पनि काम गर्थे होला ।’

अर्जुनका अनुसार, अलिफले सुफी र सेमी पप गीत गाउन बढी सक्छन् । अर्जुनसँग अलिफले सुफी गीत रेकर्ड गराइसकेका छन् । एक गीत केही दिनमै रेकर्ड हुने अर्जुनले बताए ।

अर्जुनका अनुसार, अलिफले यी दुई गीत सार्वजनिक नहुँदासम्म अरुको गीत गाउन पाउने छैनन् । अर्जुनले भने–‘हामीले गीत सार्वजनिक गर्न ६ महिना लगाएर उनलाई संझौतामा बाँधेर राख्दैनौ । करिब १० दिनमै दुइवटा गीतको भिडियो सार्वजनिक हुन्छ ।’

अर्जुनका अनुसार, दुई गीतको अडियो र भिडियो सार्वजनिक हुँदा १० लाख खर्च लाग्नेछ । पोखरेलले भने–‘हामीले करिब १० लाख रुपैयाँ लगानी गरेर २ वटा गीत सार्वजनिक गर्दैछौ । अलिफको फोटो मात्र राखेर उनको प्रचार नगरियोस् भन्नका लागि हामीले संझौता गरेका हौं । अलिफको चाहना पनि मेरो गीत सार्वजनिक भएपछि मात्र अरुसँग सहकार्य होस् भन्ने थियो ।’

तपाईको प्रतिक्रिया