काठमाडौं। बलिउडमा अब बिहे गर्ने पालो श्रद्धा कपूरको आएको छ । अभिनेता वरुण धवनले यसको संकेत गरेका हुन् । वरुणले हालै नताशा दलालसँग बिहे गरे । त्यसपछि वरुण र नताशालाई बधाइ दिँदै रोहन श्रेष्ठले सामाजिक संजालमा एक पोस्ट गरेका थिए । हिन्दूस्तान टाइम्सका अनुसार पोस्टको जवाफ दिँदै वरुणले भनेका थिए ‘आशा छ अब तिमी तयार छौ ।’ रोहन श्रेष्ठ नेपाली हुन् र बलिउडका चर्चित फोटोग्राफर हुन् ।

श्रद्धाका पिता शक्ति कपूरले पनि यस विषयमा प्रतिक्रिया दिँदै श्रद्धाले आफ्नो जीवनसाथी जसलाई रोजे पनि आफूलाई आपत्ति नहुने बताएका छन् । तर, उनले रोहन र श्रद्धाको सम्बन्धबारे आफूलाई थाहा नभएको बताए । इटाइम्ससँगको अन्तरवार्तामा शक्तिले भने ‘रोहन श्रेष्ठ मात्रै किन उनले जोसँग बिहे गर्न चाहन्छिन् म सहमत हुनेछु ।’ कपूरहरु र श्रेष्ठहरु पारिवारिक मित्र हुन् ।

तपाईको प्रतिक्रिया